एजेन्सी । अष्ट्रेलियाको सिड्नीबाट सिंगापुरको लागि उडेको विमानमा विमानकी महिला सदस्यलाई अभद्र व्यवहार गर्ने एक भारतीयलाई जेल सजाय भएको छ । विमानमा बिजनेस क्लासमा सवार ती व्यक्तिले सिंगापुरकी युवतीमाथी हिँसा गरेको आरोपमा तीन हप्ताको जेल सजाय भएको हो ।

गत अगस्ट महिनामा ३४ वर्षीय रनाजप निरन्जन सिड्नीबाट सिंगापुरको लागि उडेको Scoot Tigerair flight मा सवार थिए । उनी भारतीय मुलका अष्ट्रेलियन हुन् । निरन्जनले उक्त विमानकै २५ वर्षिया महिला सदस्यलाई धक्क्याए र केही छिन पछि फेरी उनी भएको ठाउँमा पुगेर ‘तिमी सुन्दर छौ’ भने । ती युवतीले उनको कुरा बेवास्ता गरेर आफ्नो काममा व्यस्त रहीन् । तर निरन्जन बारम्बार ती युवतीले काम गरिरहेको ठाउँमा गएर उनको फोन नम्बर मागिरहे ।

विमानकी ती सदस्यले आफूमाथी हिँसा गरिरहेको जनाइन् र प्लेन ‘ल्याण्ड’ भएपछि ती व्यक्तिलाई प्रहरीले पक्राऊ गर्यो । मुद्दा अदालतमा पुगेपछि अदालतले घटनाको बारेमा अध्ययन गरि निरन्जनलाई तीन हप्ताको जेल सजाय सुनाएको हो । निरन्जनले आफूले रक्सीको नशामा होस नहुँदा त्यसो गरेको बताउंदै आफ्नो व्यवहार प्रति लज्जाबोध भएको बताएका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments