विर्तामोड । अचानक घरमा सल्केको आगोमा परि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चारजनाको मृत्यु भएको छ।

आइतबारराति १० बजेको समयमा उक्त आगलागी भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीय राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् ।

आगलागी के कारणले भएको हो भन्ने अनुसन्धान भैरहेको र्इलाका प्रहरी कार्यालय झल्झिलेले जानकारी दिएको छ ।

Please follow and like us:

Comments