काठमाडौं । एनआरएन अध्यक्ष भवन भट्टका बुवाको निधन भएको छ । उहाँका बुवा यदुप्रसाद भट्टको जपानस्थित जपान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो ।

सुगर रोगका बिरामी भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएको थियो । उहाँ जापानको रेडक्रस मेडिकल सेन्टरमा उपचाररत हुनुहुन्थ्यो । स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री हुनुभएको थियो । भट्ट गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिनुभएको हो । स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

स्वर्गीय भट्टको शवलाई नेपाल ल्याउने तयारी भइरहेको भाई भवप्रसाद भट्टले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments