काठमाडौं । चिनियाँ राजदुतलाई सँगै लिएर प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि लामाबगर आउँदा निर्माणधीन लामाबगर तिब्बत सिमाना सडकको स्थलगत अवलोकन गरे ।

निर्माणधीन माथिल्लो तामाकोसी जलविधुत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्वको बारेमा जानकारी लिएलगत्तै ओलीले घोषण गरे, ढुक्क हुनुस्, ६÷७ किलोमिटर सुरुङमार्ग खनेरै भएपछि चाँडै लामाबगरदेखि तिब्बत नाका जेडिन्छ । उनले त्यही बेला भन्न भ्याए यो नाका चीनसँग नाया खोल्ने नाको उच्च प्राथमिकतामा छ ।

प्रधानमन्त्रीले स्थलगत रुपमै पुगेर गरेको घोषणापछि सीमा क्षेत्रका स्थानीदेखि समग्र जिल्लावासी नै हर्षित भए । तर, प्रधानमन्त्रीले घोषणा गरेको सडकको ८ महिनापछि नियमित आईरहेको बजेटसमेत काटेर सडक विभागले निर्माणधीन काम समेत रोक्न निर्देशन दियो ।

विभागको निर्देशनपछि उक्त सडक अहिले अलपत्र पर्ने अवस्थामा रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments