मेलबर्न । भिक्टोरियामा लेबर पार्टीले पुनः अत्याधिक बहुमत प्राप्त गरेको छ । अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियामा शनिबार भएको मतदानमा लेबर पार्टीले पुनः विजय हासिल गरेको हो ।

लिबरलले कुल ८८ सीटमध्ये ६० सीटमा विजय हासिल गरेको छ । अघिल्लो निर्वाचनभन्दा यसपटक उसले थप १५ सीटमा कब्जा जमाएको हो । जीतपछि प्रतिक्रिया दिँदै भिक्टोरियाका प्रिमियर एवं लेबर पार्टीका नेता डानियल एन्ड्रूले जनमतले ७५ वटा रेल क्रसिंगलाई हटाउने योजना अनुमोदन गरेको, अस्पतालहरुको स्तारोन्नति,रोड र अन्य सार्वजनिक निर्माणलाई अनुमोदित गरेको प्रतिक्रिया दिँदै सबैलाई बधाई दिएका छन् ।

उता प्रतिपक्षी दल लिबरलका नेताहरुले भने मतपरिणामलाई आश्चर्यजनक मानेका छन् । उसले आफ्नो पार्टीको तल्लो तहसम्म समीक्षा गर्नुपर्ने बताएको छ । केन्द्रीय सरकारमा हालै देखिएको अस्थिरताले पनि यस्तो परिणाम ल्याउन मद्दत गरेको लिबरलका केही नेताहरुको निचोड छ ।

Please follow and like us:

Comments