सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई बर्षमा गर्ने नेपाल फेस्टिबल सिड्नीमा आज भैरहेको छ ।

सिड्नीको डार्लिङ हार्बरमा रहेको टुम्बालोङ पार्कमा आयोजना गरिएको नेपाल फेस्टिबलमा उल्लेख्य संख्यामा नेपालीहरुको सहभागीता रहेको छ ।

अष्ट्रेलियामा रहेका नेपालीहरुबीच एकता र पर्यटन प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको नेपाल फेस्टिवलमा नेपालका राष्ट्रियस्तरका कलाकारहरु राजेशपायल राई, आँचल शर्मा, तृष्णा गुरुङ, पशुपति शर्मा, शिव हमाल, बिश्व नेपाली लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

एनआरएनएको न्यु साउथवेल्स राज्य समितिको संयोजनमा आयोजित कार्यक्रमस्थलमा फहराइएका नेपाल फेष्टिवलका झण्डाले नेपालमय बनाइदिएको छ । गौरवपूर्ण सम्पदाहरुको तस्वीर समावेश गरेका झण्डा डालिङ हार्वर वरपर फहराउन पाएकोमा सबै नेपालीहरुले गौरब महसुश गरेको कार्यक्रम संयोजक नन्दु गुरुङले बताउछन् ।

सास्कृतिक कार्यक्रम, नेपाली खाना, र नेपाललाइ चिनाउने (नेपाल हाउस) फेस्टिबलका प्रमुख आकर्षणका रुपमा रहेका छन् । यो कार्यक्रम आहिलेसम्मकै सबैभन्दा राम्रो र भब्य हुने संयोजक नन्द गुरुङले बताए। अष्ट्रेलियामा आएका नेपालीहरुलाई एक दिन भए पनि आफ्नै देशमा भएको महसुस गराउन खोज्नु र यहाँका बिदेशीहरुलाई नेपालको विभिन्न सम्पदा र पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी दिएर पर्यटकहरुलाई नेपाल जान अभिप्रेरित गर्नु मुख्य लक्ष्य रहेको आयोजकले बताए ।

फोटो क्रेडिट : एसबिएस नेपाली फेसबुक पेज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments