काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र समर लभ’ को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा उपन्यासका दमदार संवादहरुलाई प्रस्तुत गरिएको छ । ट्रेलर प्रेम, रोमान्स र बिछोडका सीनहरु देखाइएको छ ।

मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्रमा आशिष पिया र रेवती क्षेत्रीको मूख्य भुमिका रहेको छ । चलचित्रमा ‘साया’को भुमिकामा रेवतीले निभाउँदै छिन् भने अतितको भुमिकामा आशिष देखिने छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माताको रुपमा विनोद अधिकारी छन् ।

सोपा सरकार र मनोज बिकको सह–निर्माणमा तयार भएको चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र पुष्प प्रधानको शब्द तथा संगीत छ । सुबिन भट्टराईको लेखनमा बनेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ भने सामिप्य र सुबिन मिलेर चलचित्रको संवाद तयार पारेका हुन् । चलचित्रमा आशिष र रेवतीको साथमा सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतका कलाकारहरुको मुख्य भुमिका छ । चलचित्र माघ २५ गते प्रदर्शन हुदैँछ ।

Comments

comments