काठमाडौं । नेपाली चलचित्रको गीत ‘ तिम्रो फिगर कोकाकोला’ सबैको दिमागमा बसेको गीत हो । केही वर्ष बितिसक्दा पनि यो गीतले उत्तिनै स्थान पाउने गर्छ ।

तिम्रो फिगर कोकाकोला गीत चलचित्र अर्धकट्टीको हो । उक्त चलचित्रमा प्रदीप बास्तोला र आशीष्मा नकर्मीले अभिनय गरेका छन् । आशीष्मा नकर्मी केही समय देखि मिडिया देखि टाढा रहेकी थिइन् । छ महिना अगाडी विवाह गरेपछि उनी मिडियाबाट टाढा रहेकी हुन् । आशीष्माका श्रीमान विदेशमा बस्ने भएका कारण उनी विदेश गएकी थिइन् । पारिवारिक कामले नेपाल आएकी आशीष्मा अहिले अन्तर्वार्ताहरुमा देखिन थालेकी छिन् । यसै बीचमा उनले म्युजिक भिडियोहरुमा समेत काम गरेकी छिन् । त्यस्तै, अर्धकट्टीका नायक प्रदीप अहिले रंगमंच तथा चलचित्रमा व्यस्त छन् ।

आशीष्मा अहिले आफूले परिवारलाई प्राथमिकतामा राखेका कारण नयाँ चलचित्र साइन नगरेको तर चलचित्र क्षेत्रमा भने फेरी आउने बताउँछिन् । आशीष्माका अनुसार, विवाहले गर्दा उनलाई करियरबाट टाढा जानुपर्ने अवस्था छैन । तर, आफूले नै केही समयको लागि परिवारलाई मूख्य प्राथमिकतामा राखेको उनी बताउँछिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments