मेलबर्न । साविक विजेता वेष्ट इन्डिजलाई हराउँदै अष्ट्रेलिया आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । उसका लागि एलिसा हेलीले ४६ तथा कप्तान मेग लानीङले ३१ र रिचेल हानेसले २५ रन बनाइन् ।

एक सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टिम वेष्ट इन्डिज १७ ओभर तीन बलमा मात्र ७१ रन बनाएर अलआउट भयो ।

कप्तान स्टेफानी टेलरले १६ रन बनाए भने अन्य खेलाडीले दाहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाका लागि एलिसे पेरी, डिलीसा किमिन्स र गार्डनेरले दुई दुई विकेट लिए ।

Comments

comments