काठमाडौं । सामाजिक संजाल फेसबुक हाम्रो लागि नजिकको साथी जस्तै भएको छ । फेसबुकमा भएका सुविधाहरुले गर्दा मानिसहरुमा फेसबुक चलाउने लत नै बसेको छ । फेसबुकले समय-समयमा अपडेट गर्ने नयाँ-नयाँ फिचरले गर्दा पनि मानिसहरुको ध्यान फेसबुकबाट हट्न सकिरहेको छैन ।

फेसबुकमा अहिले यस्तै आकर्षक र नयाँ सुविधा आएको छ । साधारण फोटोहरुले भरिने फेसबुकमा अहिले थ्री डि फोटोको लहर चल्लिरहेको छ।

थ्री डि फोटो कसरि अपलोड गर्ने ?

थ्री डि फोटो अहिले आइफोन प्रयोगकर्ताहरुको लागि मात्र भएकोले यो फिचर प्रयोग गर्न आइफोन आवश्यक हुन्छ ।
आइफोनमा भएको फेसबुक एप्लिकेसनमा गएर नयाँ पोस्ट राख्ने बटनमा क्लिक गर्नुपर्छ ।
त्यसपछि त्यहाँ साना-साना थोप्लो देखाएको बटनमा क्लिक गर्ने, जहाँ के पोस्ट गर्ने भन्ने विकल्प हुन्छ ।
अब त्यसमा थ्री डि फोटो विकल्प रोज्ने ।
त्यसपछि आइफोनको फोटोहरुमध्येबाट आफूले राख्न चाहेको फोटोमा क्लिक गरेर ‘सेयर’ गर्ने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments