मेलबर्न । नेपालमा +२ सकाएर अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीहरुको संख्या बढिरहेको छ। अष्ट्रेलियामा पढ्न आउने धेरै विद्यार्थीहरुको रोजाईमा पर्ने विषय हो इञ्जिनियरिङ्ग । इञ्जिनियरिङ्ग भित्र पनि यहाँ सिभिल इञ्जिनियरिङ्ग कोर्सको बारेमा चर्चा गरिएको छ ।

स्नातक तहमा सिभिल इञ्जिनियरिङ्ग चार वर्षे कोर्स हो । सिभिल इञ्जिनियरिङ्ग संग अरु सम्बन्धित विषय जस्तै इन्भाएरोमेन्टल इञ्जिनियरिङ्ग , जियोटेक्निकल इञ्जिनियरिङ्ग आदि विषयहरु समेत उपलब्ध हुन्छन् । कोर्सको वार्षिक शुल्क ४० हजार ७ सय ३६ अष्ट्रेलियन डलर लाग्छ ।

यससम्बन्धि विस्तृत जानकारीकोलागि यो कोर्स पढाई हुने युनिभर्सिटीहरुको वेबसाइटमा हेर्न सकिन्छ । द युनिभर्सिटी अफ क्विन्सल्याण्ड, युनिभर्सिटी अफ तस्मनिया, युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस, युनिभर्सिटी अफ मेलबर्न, आरएमआइटि युनिभर्सिटी, मोनाश युनिभर्सिटी, जेम्स कुक युनिभर्सिटी, द युनिभर्सिटी अफ अडेलेड, चार्ल्स डार्विन युनिभर्सिटी, द युनिभर्सिटी अफ सिड्नी, स्विन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी, युनिभर्सिटी अफ वालंगोंग आदिमा सिभिल इञ्जिनियरिङ्ग पढाई हुन्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments