मेक्सिकोको हिंसाग्रस्त क्षेत्र गुरेरोबाट अपहरण गरिएका २८ विद्यार्थीको शव गाडिएको अवस्थामा फेलापरेको  छ। उनीहरुको शव  गुरेरो क्षेत्रको एक सडकनजिकै गाडिएको अवस्थामा पाइएको मेक्सिकन अधिकारीहरुले जनाएका छन्।

गत सेप्टेम्बर २६ मा मेक्सिकोको इग्ला सहरमा विभिन्न अज्ञात व्यक्तिले अकस्मात गोली प्रहार गरी ६  जनाको हत्या  गरेका थिए । सोहि समयमा उक्त सहरबाट विद्यार्थीलाई अपहरण गरेर लगेका थिए । हाल भेटिएका शव परिक्षण भैरहेको बताइएको छ | अन्तराष्ट्रिय सन्चार माध्यमकाअनुसार ४३ जना विद्यार्थीहरु अपहरणमा परेकामा २८ को शव फेला पारिएको हो |
मेक्सिकन राष्ट्रपति एन्रिक पेना नियटोले  विद्यार्थी अपहरण गरी हत्या गर्ने जो कोही भए पनि उनीहरुमाथि कडा भन्दा कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments

comments