काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएल क्रिकेटका लागि अनुबन्ध भएका छन् ।

पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा निकै व्यस्त रहेका सन्दीपलाई मंगलबार भएको अक्सनमा पीएसएल क्लब लाहोर कालान्दरले किनेको हो । गोल्ड श्रेणीमा रहेका सन्दीपलाई लाहोरले न्युनतम मूल्यमा अनुबन्ध गरेको हो ।

पीएसएलमा खेले वापत सन्दीपले ५० लाख देखि ७० लाख रुपैयाँ प्राप्त गर्नेछन । जुन इन्डियन प्रिमियर लिग भन्दा झण्डै दोब्बर मूल्य हो । सन्दीपले गत सिजन आईपीएलमा २० लाख भारु पाएका थिए ।

सन्दीपको टिममा दक्षिण अफ्रीकाका एबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेट, साहिद अफ्रिदी जस्ता खेलाडी रहेका छन । यस संस्करणको पीएसएल १७ फेब्रुअरी देखी १७ मार्चसम्म हुनेछ । पीएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments