काठमाडौं । अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।

चलचित्र ‘जात्रै जात्रा’को छायांकनको लागि जाने क्रममा बिहान करिब ७ः४५ बजे बिपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । कालिमाटीमा दुर्घटनामा परेका बिपिनको अहिले बयोधा अस्पतालमा उपचार भईरहेको छ ।

बिपिन दुर्घटनामा परेसँगै चलचित्र ‘जात्रै जात्रा’को सुटिङ रोकिएको छ । बिपिनको गोडामा चोट लागेको छ । अर्का मोटरसाइकल चालक भने फरार भएका छन् । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

विपिन घाइते भएपछि यसका निर्देशक भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया केही तनावमा देखिएका छन् । चलचित्रको टिजर सार्वजनिक गरेर यसको छायांकन आरम्भ गरिएको थियो । चलचित्रमा रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र दयाहाङ राई मुख्य भूमिकामा छन् । चलचित्रको छायांकन असन, इन्द्रचोक र बौद्धमा भैरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments