सिड्नी । अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन तथा अष्ट्रेलियामा रहेको नेपाली समुदायमा एकता कायम राख्ने उद्देश्यका साथ नेपाल फेष्टिभलको आयोजना हुँदै आएको छ । एनआरएन अष्ट्रेलियाले आयोजना गर्ने नेपाल फेस्टिभल सिड्नीमा हरेक दुई वर्षमा भव्य रुपमा आयोजना गरिन्छ । जसअनुरुप, यस पटक आगामी २४ नोभेम्बरमा हुनेभएको छ ।

नेपाल फेस्टिभललाई उद्देश्य अनुरुप भव्य र सभ्य बनाउनको लागि एनआरएन अष्ट्रेलिया संगै सम्पूर्ण नेपाली समुदाय जुटिरहेको छ भने नेपालबाट कलाकारहरु आउने क्रम पनि जारि छ । नेपाल फेस्टिभल सिड्नीमा चर्चित नेपाली कलाकारहरु राजेश पायल राई, आंचल शर्मा, विश्व नेपाली, पशुपती शर्मा, तिर्सना गुरुङ, शिव हमाल लगायतको विशेष प्रस्तुती रहनेछ ।

नेपाली कला संस्कृति, भाषा, शैली, परिकार र परम्पराको झल्को दिने नेपाल फेस्टिभलको उक्त सिड्नी संस्करण २४ नोभेम्बरमा Tumbalong Park मा बिहान १० बजे देखि बेलुका १० बजेसम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था रहेको उक्त फेस्टिभलको इभेन्ट पार्टनरको रुपमा मल्टी डायनामिक रियल स्टेट रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments