काठमाडौं । नेपाली कलाकार सन्तोष पन्त नेपाली दर्शकहरुको मन मस्तिष्कमा बसेका कलाकार हुन् । हाँस्यव्यंग्य कार्यक्रम ‘हिजो आजका कुरा’ मार्फत उनले दर्शकहरुको मन जितेका थिए । हिजो आजका कार्यक्रम अहिले पनि दर्शकहरुले भुल्न सकेका छैनन् ।

सन्तोष पन्तलाई अहिलेका हाँस्यव्यंग्य कार्यक्रम हाँस्य व्यंग्य भन्दा जोकर बढी भएको बताउँछन् । उनका अनुसार, अहिलेका हाँस्यकलाकारले मुख बिगारेर हँसाउने कोसिस गर्छन्, कलाकारिता तथा अभिनय कम देखाउँछन् । तर पनि जितु नेपाल, सन्दीप क्षेत्री लगायतका केहि कलाकार भने उनलाई मन पर्छ । आफूलाई पनि अझै अभिनय गर्ने चाहना रहेको उनी बताउँछन् ।

सन्तोष पन्त नेपाली सेनामा कार्यरत थिए । त्यसै समयमा उनले आज भोलीका कुरा नामले तत्कालिन राज दरबारमा आफ्नो नाटक पस्किन्थे । राजाले उनलाई कार्यक्रम अत्यन्तै मन परेको बताउंदै टेलिभिजनमा प्रसारण गर्ने सल्लाह दिएपछि उनले कार्यक्रम सुरु गरेका थिए । आफूले कुनै पनि चरित्र निभाउँदा समाजमा रहेको कोही त्यस्तो पात्रलाई अवलोकन गरिसकेपछि मात्र गर्ने गरेको उनी बताउँछन् ।

Please follow and like us:

Comments