काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दुर्गम क्षेत्रमा रहेर स्थानीय तहमा काम गर्ने कर्मचारीलाई थप सेवा सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरुको देशलाई कामै नभएको मन्त्री पण्डितको भनाइ छ । आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई मन्त्री पण्डितले सचेत गराउनुभयो ।

कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले शाखा अधिकृतको प्रशिक्षण लिईरहेकाबाट मुलुकले ठूलो अपेक्षा गरेको धारणा राख्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments