काठमाडौं । मानिसप्रति उसको अनुहारका कारण नै पहिलो पटक आकर्षण गर्छ । अनुहारले उसको बाहिरि परिचय दिन्छ । त्यसैले अनुहारको छालालाई लिएर हामी सचेत हुने गर्छौं । तर सचेत हुँदा हुँदै पनि अनुहारमा विभिन्न दाग धब्बा, एलर्जी आउने गर्छन् ।

अनुहारको छालामा आउने समस्यालाई निको पार्नको लागि विभिन्न औषधिको प्रयोग गर्ने गरिन्छ । तर ती औषधिले केहिले काम नै गर्दैनन् भने, केहीले काम गरे पनि नकारात्मक असर देखाउँछन् । यी औषधि तथा क्रिम किन्दा पैसा पनि अधिक खर्च हुने गर्छ । त्यसैले अनुहारको लागि प्राकृतिक उपचार उत्तम उपाय हो ।

युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, चन्द्रमाको प्रभावले अनुहारको छालाको समस्या कम हुँदै जान्छ । यसको लागि तामाको दुई वटा आम्खोरा या गिलासमा पानी राख्नुपर्छ र त्यसलाई घरको कोठाको उत्तरी भागमा राख्नुपर्छ । अर्को दिन बिहान उठेर ती गिलास मध्ये एउटा गिलासको पानीले मुख धुने र अर्को गिलासको पानी पिउने गर्नुपर्छ । हरेक दिन यसो गर्नाले बीस देखि तीस दिनमा अनुहारमा चमक आउनुका साथै अनुहारको छालासंग सम्बन्धित सबै समस्या हटेर जान्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments