काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाशलाई सम्झिएर रुनु भएको छ ।

खुमलटारस्थित निवासमा सोमबार आयोजित स्मृति कार्यक्रममा प्रधानमन्त्री के.पी ओलीले प्रकाशको प्रशंसा गरेपछि अध्यक्ष दाहालको मन थामिएन । उहाँ बरबरी आँशु झार्दै रुनु भएको हो ।

त्यो पीडाको सामना गर्न सजिलो थिएन’ अध्यक्ष दाहालले गहभरी आँशु पार्दै भन्नुभयो, ‘ तर तपाईंहरुको मायाले पीडा लुकायौं । तपाईंहरुले हामीलाई ऊर्जा दिइरहनुहोस् । नर्भिक, पेरिसडाँडा देखि आर्यघाटसम्म प्रकाशका लागि देखिएको जनमतको कदर गर्छु ।’

स्मृति कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रीओली, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुाम भट्टराई, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरण, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रतात्रान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा लगायतका नेता सहभागी थिए । काार्यक्रममा सहभागी नेताहरूले प्रकाशलार्इ स्मरण गर्दै प्रचण्डलार्इ समालिन अाग्रह गरे ।

अध्यक्ष दाहालका छोरा प्रकाशको ह्रदयघातको कारण गत वर्ष निधन भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments