काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप फाइभमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो नम्बरमा परेकी हुन् । उनले भारत,चीन,फिलिपिन्स लगायतका सुन्दरीहरुलाई समेत पछि पारेकी छिन् ।

मिस नेपाल श्रृंखला खतिवडा यस सिजनको सबैभन्दा प्रबल दाबेदार प्रतियोगीका रुपमा रहेको च्यानलको दाबी छ । श्रृंखलाको अनुपम सौन्दर्य,उनको सामाजिक व्यवहार र विद्धताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको उक्त रिपोर्टमा उल्लेख छ । साथै ब्यूटी वीथ पर्पोजमा श्रृंखला खतिवडाले देखाएको पर्फर्मेन्स सबैभन्दा उत्कृष्ट रहेको च्यानलले जनाएको छ ।

श्रृंखलाले ब्यूटी वीथ पर्पोजमा मकवानपुरको विकट क्षेत्रका चेपाङ वस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेकी थिइन् ।

यस्तै गो पेजेन्टले नै तयार पारेको टप फिप्टिन लिष्टमा भने श्रृंखला खतिवडा पहिलो नम्बरमा रहेकी छिन् ।

Comments

comments