चितवन । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगीरव्यवसायीलाई लगानी गर्न आग्रह गर्र्नुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले यस क्षेत्रका उद्योगीरव्यवसायीलाई सुदूरपश्चिममा लगानी गरेर प्रतिफल लिन आग्रह गर्नुभयो ।

बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिनुभयो । नयाँ उद्योगहरुलाई करका दरमा छुट दिइने भन्दै उहाँले सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने बताउनुभयो । जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा बढी सम्भावना रहेको उहाँको भनाइ थियो ।

चितवनमा रहेका धेरै उद्योगीरव्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताउनुभयो । अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै उहाँले एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments