काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । हिजोेको बैठकमा नेपाल विद्यार्थी सङ्घका नेताहरुले पार्टीका शीर्ष नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि विवाद सिर्जना भएको थियो ।

नेविसंघको वर्तमान कार्यसमितिको अवधि आज सकिँदैछ । हिजो तत्कालिन कार्यसमितिलाई नै महाधिवेशन सम्पन्न गराउने जिम्मा दिने वा नयाँ तदर्थ समिति गठन गर्ने भन्ने बिषयमा मतभेद भएको थियो । संस्थापन पक्ष सम्बद्ध नेविसंघका अध्यक्ष नैनसिंह महरले हालको कार्यसमितिले नै महाधिवेशन गराउने बताउँदै आउनु भएको छ । यता, इत्तरपक्षका बिद्यार्थी नेताहरुले तदर्थ समिति निर्माणको प्रस्ताव अगाडि सारेका छन् ।

नेविसंघको महाधिवेशनका बिषयमा आजको बैठकले निर्णाय गर्नेछ । भातृसंगठनको विवादमा रहेको कांग्रेसले पार्टीको महासमिति बारे अझै छलफल गर्न सकेको छैन् । महासमिति बैठकको मिति बारम्बार सर्ने गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments