काठमाडौं । पछिल्लो समय सामाजिक संजालमा विभिन्न अनैतिक क्रियाकलापमा संलग्न व्यक्तिहरुमाथि प्रहरीले कडाई गरेको छ । केहि दिन पहिले मात्रै प्रधानमन्त्रको टाउको जनावरको शरीरमा जोडेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकै कारण ।

काभ्रेको रासी गाउँपालिका –५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले भदै ५ गते पक्राउ गरी उनलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ ।

त्यस्तै डोटीका सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउण्ट बनाएर पैसा असुल्दै आएको खुलेको छ । प्रहरीका अनुसार अभियुक्तको भने खोजीभइरहेको बताएको छ ।

अर्को सामाजिक सञ्जाल अनौठो घटनापनि घटेको छ । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ६५ वर्षका वृद्धलाई साइबर क्राइमको मुद्दामा प्रहरीले पक्राउ गरेको बताएको छ । बिहेको प्रस्ताव अस्वीकार गरेको भन्दै फेसबुकमा चरित्रहत्या गर्नेदेखि पैसा फिर्ता नगर्नेको फोटो फेसबुकमा राखेर श्रद्धाञ्जली लेख्ने व्यक्तिसमेत पक्राउ परेको समाचार नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments