मेलबर्न । अष्ट्रेलियाको नेपाली खेल क्षेत्रका स्टार सुनाम गौतमले प्रिमियर क्रिकेटमा शतक स्कोर गरेपछि अहिले उनको चौतर्फी चर्चा भैरहेको छ । गत शनिवार भएको प्रिमियर क्रिकेटमा गौतमले ११३ बलमा १०६ रन बनाएका थिए ।

अष्ट्रेलियाको प्रतिष्ठित प्रिमियर क्रिकेटमा शतक बनाउने गौतम पहिलो नेपाली हुन् । उनको यो ऐतिहासिक सफलताका बारेमा अष्ट्रेलियाको प्रतिष्ठित पत्रिका हेराल्ड सनले आफ्नो अनलाइन संस्करणमा विशेष कभरेज गरेको छ । हेराल्ड सनले लेखेको छ–’२९ वर्षीय यी नेपाली खेलाडीले आफ्नो करियरको पहिलो तीन अंकको स्कोर बनाएका छन् । सुनामको टिम ग्रीनभेल कङ्गारुलाई ६ विकेटको क्षतिमा ३०९ रन जोड्न उनले व्यक्तिगत १०६ को कीर्तिमानी योगदान दिएका थिए ।’

आफ्नो ऐतिहासिक सफलतालाई लिएर सुनामले खुशी व्यक्त गरेका छन् ।

‘मेरा साथीभाइले मलाई फोन गरेर बधाइ दिइरहेका छन् । यस्तै सामाजिक सञ्जालहरुमा पनि धेरैले प्रशंसाका सन्देशहरु पोष्ट गर्नुभएको छ । यसले मलाई थप गौरवन्दित बनाएको छ’–सुनामले हेराल्ड सनसँग भनेका छन् ।

सुनामले यसअघि ६ पटक अर्धशतक बनाइसकेका छन् । उनले रुजकालागि सबैभन्दा बढी ८२ रन बनाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments