मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गरिरहेका नेपालीहरुकालागि सवारी चालक अनुमति पत्रबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ ।

भिक्टोरियाको अवैतनिक महावाणिज्यदूतको कार्यालयले भिक्रोड्सको सहकार्यमा छलफल कार्यक्रमको आयोजना गर्न लागेको हो । नोभेम्वर १९ सोमवार आयोजना हुने छलफल कार्यक्रममा महावाणिज्यदूत कार्यालय तथा  भिक्रोड्सका कर्मचारीहरुले नेपाली सवारी चालक अनुमति पत्रलाई अष्ट्रेलियामा कसरी प्रमाणिकरण गर्न सकिन्छ ? यहाँको सवारी चालक अनुमति पत्र प्राप्त गर्न आवश्यक योग्यता,मापदण्ड र प्रक्रिया लगायतबारे जानकारी दिइनेछ । अष्ट्रेलियाको सवारी नियमबारे पनि सहभागीहरुलाई जानकारी र परामर्श दिइनेछ ।

साँझ ५ बजे शुरु हुने एक घण्टा अवधिको छलफल कार्यक्रममा निशुल्क सहभागीता जनाउन सक्ने व्यवस्था मिलाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments