फिलिपिन्ससँग मैत्रीपूर्ण खेलका लागि पुरुष राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ ।

आइतबारदेखि नै टोलीले प्रशीक्षण सुरु गरेको एन्फाका उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेपाली टोलीले अक्टोबर ३१ मा फिलिपिन्सको राष्ट्रिय टोलीसँग कतारमा आधिकारिक मैत्रीपूर्ण खेल खेल्दैछ ।
केही खेलाडीहरु दशैँ मनाउन उपत्यका बाहिर गएकाले प्रशिक्षणमा सबै खेलाडीको सहभागिता नरहेको पनि श्रेष्ठले बताउनुभयो । भोलिसम्ममा सबै खेलाडी अभ्यासमा उपस्थित हुने उहाँको भनाई थियो । मैत्रीपूर्ण खेलको अभ्यासका लागि एन्फाले पहिलो चरणमा ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये २० जना खेलाडीलाई कतार पठाइने छ ।

आगामी वर्ष हुने दक्षीण एसियाली फुटबल साफ च्याम्पीयनसीपलाई लक्षित गर्दै एन्फाले टोलीको एक्स्पोजरमा ध्यान दिएको श्रोष्ठले बताउनुभयो ।

Comments

comments