नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट क्लब दिल्ली डेयर डेभिल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई ‘रिटेन’ गरेको छ। यसको मतलब आगामी आईपिएल सिजन सन्दीपले दिल्लीबाटै खेल्नेछन्।
दिल्लीले गत संस्करणमा सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा आवद्ध गरेको थियो। सन्दीप आईपिएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए। तर पहिलो सहभागितामै बेजोड प्रदर्शन गरेपछि सन्दीपलाई दिल्लीले रिटेन गरेको हो।
दिल्लीले कति पैसा पाउनेछन् भन्नेबारे केही खुलाईएको छैन। दिल्लीले विदेशी खेलाडीका रुपमा कागिसो राबडा, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो र क्रिस मोरिसलाई रिटेन गरेको छ।
दिल्लीले १५ जना खेलाडीलाई रिटेन गरेको छ। डीसेम्बरमा हुने अक्सनबाट टिम पुरा हुने छ।