एजेन्सी । भारतको कर्नाटकमा सुन्दै अपत्यारिलो विवाह समारोह सम्पन्न भएको छ । गाउँलेले गधा र गधीको विवाह गरिदिएका छन् । विवाह धुमधामका साथ सम्पन्न गरिएको छ ।

कर्नाटकको एक गाउँमा आफ्नी प्रेमिकाको मृत्यु भएपछि गधा हिंस्रक बनेको थियो । गधाले जो भेटियो त्यही मानिसलाई आक्रमण गर्न थालेपछि गाउँलेहरुले ऊ प्रेमिकाको वियोगमा हिंस्रक बनेको ठानी अर्की गधी खोजेर विवाह गरिदिएका छन् । गधी खोज्ने क्रममा गधीका मालिकले गाउँलेको कुरा सुनेपछि निशुल्क दिएका थिए ।

गाउँलेहरुले गधाको विवाहको लागि सबैसंगबाट चन्दा उठाएका थिए । संकलन भएको चन्दा रकमबाट उनीहरुले मण्डप सजाए, बेहुला गधा र बेहुली गधीको लागि पोशाक ल्याए । पण्डितले पाठ गरेर नै भव्यताका साथ विवाह सम्पन्न भयो । गधाले गधीलाई मंगलसुत्र समेत लगाइदिएको बताइएको छ । विवाह समापन भएपछि भोज स्वरुप सबै गाउँलेलाई मिठाइ बाँडीएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments