पचास बर्ष अघि आफुले पढेको विद्यालय  लमजुङको घनपोखरा–९ नाँयूमा पुगेका  गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले  भवन निर्माणका लागि रु ५० लाख सहयोग गर्ने भएका छन् | सोम बार हेलिकप्टर चढेर आफ्नो जन्मस्थान पुगेका घलेले १० मिनेटको बसाईमा भवनको सिलान्यास समेत गरेर फर्किएका छन् | विद्यालय भवन निर्माणका लागि कुल ६१ लाख लागत लाग्ने अनुमान गरिएकोमा ५० लाख घलेले सहयोग गर्ने र थप रकम स्थानीय जन श्रमदानबाट जुटाइने छ |

घलेले आफ्ना स्वर्गीय बुबा उदिमबहादुर घले र ८५ वर्षकी आमा देवीमाया घलेको स्मृतिमा निर्माण हुन लागेको भवनका लागि सहयोग गरेका हुन्  ।  बिद्यालयमा ग्रामकल्याण–उदिमबहादुर–देवीमाया स्मृति भवनमा इलाइब्रेरी स्थापना गरिने घलेले कार्यक्रममा बताए  ।  नेपाली युवालाई मध्यनजर गरेर नेपालभरी नै खुल्ला विश्वविद्यालय स्थापना गर्ने तयारीमा आफु लागेको घलेले बताए | उनकै भनाई अनुसार आगामी ५-७ बर्षमा यो लक्ष पुरा गर्ने उनले दृढता ब्यक्त गरे |

 धनी गरीब सबैलाई एउटै शिक्षा प्रदान गर्ने आफ्नो उद्देश्य रहेकाले अहिले इलाइब्रेरीका लागि भवन निर्माणमा सहयोग गरेको र भवन निर्माणपछि यसको सदुपयोग गर्न उनले  स्थानीयबासिन्दालाई आग्रह गरेका थिए ।

Comments