काठमाडौं । सरकारी सेवाका विभिन्न रिक्त पदमा १५ हजार पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी छ । पदपूर्तिका लागि लोक सेवा आयोगले विज्ञापन खुलाउन लागेको हो ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीका अनुसार, आयोग विज्ञापन खुलाउने तयारीमा छ । सम्बन्धित निकायबाट रिक्त पदको संख्या आयोगमा उपलब्ध हुन बाँकी छ । प्रारम्भिक अनुमानमा निजामति सेवा तथा अन्य संगठित संस्थामा करिब १५ हजार दरबन्दी रिक्त छ । स्थानीय तह र प्रदेश सरकारका लागि आवश्यक कर्मचारीको दरबन्दी फरक हो ।

निजामति सेवा, संसद, लेखापरीक्षणलगायतका १० विधामा हरेक वर्ष ६ हजार पद रिक्त हुने गरेको छ भने नेपाली सेनामा नौ हजार पद सिर्जना हुने गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments