काठमाडौं । नेपाली समाजमा विधुवा महिलालाई हेय दृष्टिले हेरिन्छ । त्यसमाथी पनि विवाहकै दिनमा गाडी दुर्घटना हुनु र त्यो दुर्घटनामा बेहुली बाँच्नु र बेहुलाको निधन हुनुले बेहुलीको जीवन कष्टकर हुन्छ भन्ने अनुमान गर्न सहज नै छ ।

दाङकी निर्मला अधिकारि १२ कक्षा पढ्थीन् । उनको विवाह प्युठानका युवकसंग हुनेभयो । विवाह धुमधामसंग भयो । बेहुली अन्माएर माइतीले पठाएपछि घर जाने क्रममा जन्ती चढेको गाडी दुर्घटना भयो । उक्त दुर्घटनामा बेहुला सहित सबैजसोको निधन भयो भने बेहुली सहित चार जना मात्र बाँच्न सफल भए । श्रीमानको घर नभित्रिदै निर्मला विधुवा बनिन् । मानिसहरुले उनलाई अलिच्छिनाइ भने । उनी कसैले नचाहेकी युवती बनिन् । तर इलामका चेत नाथ आचार्य भने उनको जीवनमा नायक बनेर आए ।

चेतनाथले उक्त दुर्घटनाको बारेमा सुनेका थिए । विवाहको लागि केटी खोजिरहेका उनले त्यस्तै कुनै घटना भोगेकी या दुख भोगेकी केटीलाई साथ दिन चाहन्थे । त्यसैले उनले निर्मलालाई भेट्ने निर्णय गरे । त्यति ठूलो दुर्घटना र समाजको हेपाइ सहनुपर्दा पनि निर्मलाको सकारात्मक दृष्टिकोण र आत्मविश्वासले उनलाई आकर्षित गर्यो र उनले विवाह गरे ।

Comments