काठमाडौं । चिउरा चामल कुटेर बनाउने गरिन्छ । उक्त चिउरालाई तरकारी, मासु लगायतका परिकारसंग खाने गरिन्छ । चिउरालाई फरक तरिकाले, फरक स्वादमा खानको लागि त्यसको पकौडा पनि बनाउन सकिन्छ ।

आवश्यक सामग्री

चिउरा, आलु, प्याज, अदुवा, धनियाँ

नुन, जिरा, बेसार मसला, चामलको पीठो , तेल

विधि

चिउरामा पानी राखेर केही छिन भिजाउनुपर्छ ।

केही छिन पछि चिउराबाट पानी सबै निकाल्ने र चिउरालाइ सुख्खा भाँडामा राख्नुपर्छ ।

अब उसिनेको आलुलाई चिउरामा मिक्स गर्नुपर्छ ।

त्यसपछि त्यसमा प्याज, अदुवा, नुन, धनियाँ, जिरा, धनियाँ, मसला, बेसार, चामलको पीठो राखेर मिक्स गर्नुपर्छ ।

अब त्यसलाई हातमा थोरै थोरै लिएर पकौडाको आकार दिएर एउटा प्लेटमा राख्ने ।

त्यसपछि एउटा भाँडोमा तेल तताउने ।

तेल तताइसकेपछि पकौडा पकाउन थाल्ने ।

Comments