काठमाडौं । रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई (पार्क जेई साङ) नेपाल आउने भएका छन् । नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनि नेपाल आउन लागेका हुन् ।

कोरियामा उनी हाँस्य स्टेज प्रस्तुती र भिडियोबाट चर्चित छन् भने अन्तर्राष्ट्रीय रुपमा गङनम स्टाइल गीत तथा भिडियोले उनलाई चर्चित बनाएको छ । १५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो डिसेम्बर २१ २०१२मा आएर यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भयो । हाल उक्त भिडियोको भ्युज तीन अर्ब भन्दा बढी पुगिसकेको छ । उक्त समयमा विश्व बिख्यात राजनीतिज्ञहरुले समेत गङनम स्टाइलमा डान्स गर्ने प्रयास गरेका थिए ।

‘पीएसवाई विथ के(पप लाइभ इन नेपाल’ नाम दिइएको उक्त कन्सर्ट डिसेम्बर १५ तारिक खुमलटार, सातदोबाटो स्थित रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने उक्त कन्सर्टमा नेपालको तर्फ बाट ‘मन मगन’ गीतबाट पछिल्लो समय देश देखि विदेशसम्म चर्चा कमाइरहेका गायक दीपक बज्राचार्यले आफ्नो प्रस्तुती राख्नेछन् । कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् । कन्सर्टमा पीएसवाई र दीपकसँगै कोरियाका अन्य विभिन्न चर्चित ब्याण्डले आफ्नो प्रस्तुती राख्नेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments