मेलबर्न। विकासको लागि भौतिक संरचनाहरु निर्माण कार्य विश्वका जुनसुकै देशहरुमा पनि बढिरहेको छ । त्यसैले सिभिल इन्जिनियरिंगमा विद्यार्थीहरुको लागि करियरको राम्रो अवसर रहेको छ । यहाँ सिभिल इञ्जिनियरिङ्गमा स्नातकोत्तर (मास्टर्स) गर्न चाहने विद्यार्थीहरुको लागि केही जानकारीहरु राखिएको छ ।

– मोनाश युनिभर्सिटीमा मास्टर्स अफ एडभान्स्ड सिभिल इञ्जिनियरिङ्ग पढाई हुन्छ जस अन्तर्गत, ट्रान्सपोर्टेसन, वाटर र इन्फ्रास्टक्चर मध्येमा एक रोज्न सकिन्छ । यसमा भर्ना हुनको लागी इञ्जिनियरिङ्गमा स्नातक गरेको हुनुपर्छ । जसमा ७५ % अंक वा कामको अनुभव सहित ६५% ल्याएको हुनुपर्छ । यो दुई वर्षे र १ वर्षे कोर्स रहेको छ । कोर्स शुल्क ३८,९०० डलर लाग्छ ।

– द युनिभर्सिटी अफ क्विन्सल्याण्डमा मास्टर्स अफ इन्तिग्रेटेड वाटर म्यानेजमेन्ट पढाई हुन्छ जुन डेढ वर्षे फुल टाइम कोर्स हो । यसको शुल्क ३६,६८८ डलर रहेको छ । यसमा आगामी वर्षको फेब्रुअरी महिना देखि नयाँ भर्ना लिईन्छ । यसमा भर्ना हुनको लागि वाटर म्यानेजमेन्टमा स्नातक गरेको र दुई वर्षे कामको अनुभव हुनुपर्छ ।

– युनिभर्सिटी अफ अडेलेडमा मास्टर्स अफ सिभिल इञ्जिनियरिङ्ग अन्तर्गत सिभिल एण्ड इन्भायेरोमेन्टल र सिभिल एण्ड स्ट्रक्चरल गरि दुई कोर्स रहेका छन् । यो दुई वर्षको फुल टाइम कोर्स हो जसको शुल्क ४०,००० डलर रहेको छ । यसको लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्छ ।

– द युनिभर्सिटी अफ सिड्नीमा मास्टर्स अफ इञ्जिनियरिङ्ग (१.५ वर्षे कोर्स) , मास्टर्स अफ प्रोफेसनल इञ्जिनियरिङ्ग (३ वर्षे कोर्स), मास्टर्स अफ अर्बान डिजाइन(१.५ वर्षे कोर्स) , मास्टर्स अफ अर्बानिज्म (२ वर्षे कोर्स) गरि चार वटा कोर्स रहेका छन्। इञ्जिनियरिङ्ग र प्रोफेसनल इञ्जिनियरिङ्गको कोर्स शुल्क ४३,००० डलर र अर्बान कोर्सको शुल्क ३०,५०० डलर रहेको छ ।

– युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा मास्टर्स अफ इञ्जिनियरिङ्ग इन सिभिल एण्ड इन्भायेरोमेन्टल र मास्टर्स अफ इञ्जिनियरिङ्ग इन सिभिल इञ्जिनियरिङ्ग गरि दुई कोर्स रहेका छन् । दुवै १ वर्षे फुल टाइम कोर्स हुन् र कोर्स शुल्क ३३,४७० डलर लाग्छ ।

यी बाहेक आरएमआइटि युनिभर्सिटी, चार्ल्स डार्विन युनिभर्सिटी, युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया, ग्रिफिथ युनिभर्सिटी, द युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया, द युनिभर्सिटी अफ मेलबर्न, जेम्स कुक युनिभर्सिटी, स्विन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी, फेडेरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ तस्मनिया आदि युनिभर्सिटीमा सिभिल इञ्जिनियरिङ्गका विभिन्न कोर्षहरु पढाइन्छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Please follow and like us:

Comments