काठमाडौं । सरकारले दुई वर्षभित्र ई– पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सक्दो छिटो काम थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

ई– पासपोर्टमा जाने निर्णय असार महिनाको पछिल्लो मन्त्रिपरिषद्ले गरेको थियो । पासपोर्ट दुरुपयोग रोक्न ई प्रविधिमा जानुपर्ने राहदानी विभागको निष्कर्षपछि सरकारले यस्तो निर्णय लिएको हो ।

नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने घटना बढेपछि त्यसलाई समेत सम्बोधन गर्न ई– प्रविधिमा जाने तयारी भएको हो । ई– पासपोर्ट एमआरपी जस्तै हो । यसमा थप चिप्स हुन्छ ।

चिप्समा व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औंठाछापालगायतका फिचरहरु राखिएको हुन्छ । अत्याधुनिक विमानस्थलमा पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो । वा होइन भन्ने सेन्सर हुने भएकाले यसबाट दुरुपयोग नियन्त्रण हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments