काठमाडौं । स्थापनको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बन्नुभएको हो । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाईदिनुभएको थियो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रुपमा अब उहाँले अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुहुने भएको छ । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments