काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले अाजदेखि सेयर बिक्री खुला गर्दै छ । कर्मचारी सञ्चय कोषमा रकम संकलन गर्ने सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि कम्पनीले सेयर जारी गर्न लागेको हो ।

अहिले जारी हुन लागेको सेयर सर्वसाधारणले खरिद गर्न पाउँदैनन् । कम्पनीले अंकित मूल्य १ सयका दरले १ करोड ४४ लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता र संस्थापक सेयरधनी संस्था ‘नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी र सिन्धु–भोटेकोसी हाइड्रो पावर कम्पनी’ का लागि २१ लाख कित्ता र ऋणदाता संस्था ‘कर्मचारी सञ्चय कोष’ का लागि ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयरमा सञ्चयकर्ताले कात्तिक २८ देखि मंसिर १४ सम्म आवेदन दिन सक्छन् । सञ्चयकर्ताले न्यूनतम ५० देखि ५ सय कित्तासम्म माग गर्न सक्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । सञ्चयकर्ताले सेयर फारम भर्दा १० ले भाग जान मिल्ने गरी भर्नुपर्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments