भारत । हरियाणाको हिसार जिल्लामा १५ वर्षीया बालिकाको सामुहिक बलात्कार भएको छ । बलात्कार अरु कसैको योजनामा नभई आफ्नै आमाको योजानामा भएको पीडित बालिकाले बताएकी छिन् । बालिककाका अनुसार आफुलाई सामुहिक बलात्कारमा पठाएर युवकहरुसँग आमाले १ हजार रुपैयाँ लिएकी छिन् ।

डेढ महिना पुरानो यो घटना हुदाँ पीडित बालिका र उनकी आमा मन्दिरमा गएका थिए । कुने बिवाहमा निम्ता मान्न जानुछ भनी आमाले छोरीलाई एक युवकको साथमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । युवकले आफुलाई बिवाहमा नलगेर सुनसान ठाउँमा लिएर गएको पीडित बालिकाको भनाई छ । पीडितका अनुसार उनी त्यस इलाकामा पुग्दा त्यहाँ अरु तीनजना युवकहरु बसिरहेका थिए ।

बालिकालाई ४ जना युवकहरुले बलात्कार गरेका थिए । बलात्कारपछि युवकले बालिकालाई मन्दिरमानै लगेर छोडिएका थिए । भोलिपल्ट युवक आफ्नो घरमा आएर आमालाई १ हजार रुपैयाँ दिएको पीडित बालिका बताउँछिन् । सामुहिक बलात्कारपछि बालिका अहिले गर्भवती छिन् ।

प्रहरीले पीडितको उजुरीपछि आरोपी आमालाई पक्राउ गरेको छ भने बाँकी ४ युवकहरुको खोजीलाई पनि तिव्र पारेको छ । घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments