काठमाडौं । टी–ट्वान्टी क्रिकेटको खेलाडी बरियतामा नेपालका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी परेका छन् । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको बरियतामा नेपालका तर्फबाट बलिङ, ब्याटिङ र अल राउन्डरतर्फ यी तीन खेलाडीहरु परेका हुन् ।

सार्वजनिक भएको बरियतामा ब्याटिङतर्फ पारस खड्का ९३औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ बरियतामा पर्ने पारस एक्ला नेपाली खेलाडी हुन् । पारस अलराउन्डर तर्फको बरियतामा भने ४१ स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामी टी–ट्वान्टी बरियतामा परेका छन् । बसन्त रेग्मी ७५ स्थानमा झरेका छन् भने सोमपाल कामीले ९४ औं स्थानमा यथावत रहन सफल भएका छन् । यस्तै अलराउन्डरतर्फ सोमपाल ६४ औं स्थानमा यथावत छन् ।

पछिल्लो समय नेपालका भेट्रान बलरका रुपमा परिचित बलर सन्दीप लामिछाने भने आइसीसीको बरियतमा परेका छैनन् । सन्दीप यसअघिको बरियतामा नपरेता पनि यसपटकको बरियतामा भने पर्ने धेरैले आशा गरेका थिए । तर यसपटक पनि सन्दीप टी–ट्वान्टी बलरको बरियतामा परेनन् ।

टी–ट्वान्टी क्रिकेटको ब्याटिङतर्फ पाकिस्तानका बाबर अजम पहिलो, अस्ट्रेलियाका एरोन फिन्च दोश्रो र न्यूजील्याण्डका कोलिन मुन्रो तेश्रो स्थानमा छन् । बलिङतर्फ अफगानस्तानका रसिद खान पहिलो, इङ्ल्याण्डका अदिल रसिद दोश्रो र भारतका युजवेन्द्र चहाल तेश्रो स्थानमा छन् । अलराउण्डरतर्फ भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो, अफगानस्तानका मोहम्मद नाबी दोश्रो र बंगलादेशका सकिब अल हसन तेश्रो बरियतामा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments