मेलबर्न । अष्ट्रेलियामा पढाइ नहुने कुनै विषय नै छैन । किनभने यहाँ हरेक व्यक्तिले इच्छाएको प्रायः सबै विषयको कोर्ष उपलब्ध छन् । त्यसैमध्येमा पर्दछ सर्टिफिकेट इन डीसएबिलिटी ।

स्वास्थ्य क्षेत्र अन्तर्गत पर्ने सर्टिफिकेट इन डीसएबिलिटी कोर्ष समुदायमा काम गर्ने वा बिरामी रेखदेख क्षेत्रमा काम गर्नेहरुको लागि उपयुक्त हुन्छ । यस कोर्समा शारीरिक अपांगता भएका तथा अशक्तहरुलाई सहयोग र रेखदेख सम्बन्धि विषयवस्तुको पढाइ हुन्छ ।

यसमा अन्तरक्रिया,योजना निर्माण,स्याहार (सुसार र शारीरिक अपाङ्गता भएका र अशक्तहरुको स्थिति सुधार सम्बन्धि ज्ञान दिईन्छ ।

यो कोर्स पार्ट टाइम र फुल टाइम दुवै समयतालिका अनुसार पढ्न सकिन्छ । फुल टाइम पढ्नेहरूको लागि यो कोर्स १० हप्ताको हुन्छ भने पार्ट टाइम पढ्नेहरुको लागि १५ हप्ताको हुन्छ ।

यो कोर्स भर्नाको लागि कुनै मापदण्ड नभएता पनि प्रयोगात्मक सिकाइको लागि विद्यार्थीले निलो कार्ड ( बच्चासँग काम गरेको) र पहेंलो कार्ड (अपराधिक पृष्ठभूमि सम्बन्धि जानकारी) हुनु जरुरी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments