काठमाडौं । भारतीय ड्रामा क्वीन राखी सावन्त एकपटक फेरी चर्चामा आएकी छिन् ।

विदेशी महिला रेस्लरसँग जोरी खोज्नु राखीको लागि महंगो सावित भएको छ । विदेशी महिलासँगको झगडको कारण राखी अस्पताल भर्ना भएकी छिन् ।

राखीलाई रेस्लर रोबेलले टिपेर पछारेकी थिइन् । जसको कारण राखी १० मिनेसम्म हलचल गर्ननसक्ने भएकी थिइन् । घटना पछि राखीको कम्मरमा चोट लागेको छ ।

राखीलाई अहिले अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य छ ।

Comments

comments