मेलबर्न । अष्ट्रेलिया बसाइसराईको लागि संसारभरका मानिसहरुको आकर्षण बनिरहेको छ । यहाँको स्थायी भिसा अर्थात पीआर लिनको लागि मानिसहरु हरसम्भव प्रयास गर्नेगर्छन् । तर, पीआरको लागि खुल्ला गरेको भिसा मध्येमा यहाँ हजारौं भिसामा आवेदन दिनेको संख्या एकदमै न्युन या त शुन्य छ ।

अष्ट्रेलियाले हरेक वर्ष १ लाख ९० हजार पीआर भिसा खुल्ला गर्ने योजना ल्याएको हुन्छ । त्यसमध्ये ७० प्रतिशत भिसा बसाइसराइ गर्न चाहने दक्ष व्यक्तिहरुको लागि हुन्छ, जसमा विभिन्न पेशा छुट्टाइएको हुन्छ । २०१७/१८ मा ७३ पेशाको लागि पीआर भिसा खुल्ला गरिएको थियो ।

सरकारले पीआरको लागि छुट्टाएका दक्ष पेशाको सूची सार्वजनिक गरिसकेपछि बसाइसराइ गर्न चाहनेले ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ फाइल गर्छन्, अर्थात आफूलाई पेशामा रुची भएको तथा आफू त्यो पेशासंग सम्बन्धित भएको व्योहरा जानकारी दिंदै आवेदन पेश गर्छन् । त्यसपछि गृह मन्त्रालय अन्तर्गतको विभागले त्यो आवेदन दिने व्यक्तिको पोइन्टको आधारमा भिसा एप्लाई गर्ने अनुमती स्वरुप इन्भिटेसन दिन्छ।

२०१७/१८ मा पीआर भिसाको लागि खुल्ला गरिएका ७३ किसिमका पेशा मध्ये ६ वटा पेशामा एउटा पनि इन्भिटेसन गएको छैन । ती पेशाहरु अटोमोटिभ इलेक्ट्रीसियन, वाल एण्ड फ्लोर टायलर्स, इलेक्ट्रीकल डिस्ट्रीब्युसन ट्रेड वर्कर्स, बोट बिल्डर्स, मेटल ट्रेड वर्कर्स, लाइभस्टक फार्मर्स हुन् । यी भिसाहरुको लागि ९ हजार ६ सय ३ भिसा खुल्ला गरिएको थियो ।

त्यस्तै, शीट मेटल ट्रेड वर्कर्स, क्याबिनेट मेकर्स, ग्लाजियर्स, हेल्थ डाइगनस्टिक एण्ड प्रोमोसन प्रोफेसनल्स जस्ता पेशामा एक/एक वटा मात्र इन्भिटेसन गएको छ । यी पेशाको लागि ५ हजार ३ सय पीआर भिसा खुल्ला गरिएको थियो ।

यी पेशाहरु मध्ये धेरैमा अंग्रेजीमा उच्च दक्षता, काममा धेरै अनुभव, उच्च शैक्षिक योग्यता आवश्यक हुने तथा कुनैमा स्पोंसर्ड भिसा आवश्यक हुने हुँदा एक्सप्रेसन अफ इन्ट्रेस्ट कम फाइल हुने तथा इन्भिटेसनको लागि पनि कम पोइन्ट आउने हुँदा इन्भिटेसन कम भएको बताइन्छ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments