मेलबर्न । स्ट्रबेरीमा सियो राखेर बजार पठाउने अष्ट्रेलियन महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

क्वीन्सल्याण्ड प्रहरीले आइतवार ५० वर्षीया मी युटी ट्रिन्हलाई आइतवार नियन्त्रणमा लिएको हो । सुपरमार्केटमा विक्रीकालागि राखिएको स्ट्रबेरीभित्र सियो भेटिएपछि प्रहरीले गत सेप्टेम्वरदेखि दोषीको खोजी तीव्र बनाएको थियो । पक्राउ परेकी ट्रिन्ह ब्रिसबेनको उत्तरी क्षेत्रमा स्ट्रबेरी फार्ममा कार्यरत कृषक रहेको प्रहरीले जनाएको छ । उनले जानाजान आम उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको अभियोगमा अदालतमा उनीमाथि मुद्दा चलाउन सक्नेछ । यस्तो अभियोग पुष्टि भए १५ वर्ष जेल सजायँ र जरिवाना गर्नसक्ने अष्ट्रेलियाको कानुनी व्यवस्था छ ।

गत सेप्टेम्वर यता अष्ट्रेलियाका विभिन्न राज्यमा स्ट्रवेरीभित्र सियो भेटिएको १८६ भन्दा बढी उजुरी दर्ता भएको प्रहरीको भनाइ छ । त्यसैले यो सुनियोजित रुपमै गरिएको अपराधको रुपमा प्रहरीले विश्लेषण गरेको छ । तर पक्राउ परेकी महिलाले भने आफ्नो कुनै बचाउ नगरेको बताइएको छ ।

ब्रिसबेन अदालतले सोमवार गरेको पहिलो सुनाइमा अभियुक्त ट्रिन्हको डिएनए र भिक्टोरियाबाट संकलित स्ट्रबेरीमा पाइएको सियोमा भेटिएको डिएनएसँग मेल खाएको जनाएको छ ।
यो कुनै बदला पूरा गर्ने उदेश्यले गरिएको कार्य हो,न्यायधीस क्रिष्टिन रुनीले बताए । अभियुक्त महिलाले फलफूलमा धारिलो वस्तु मिसाएर पठाउन धेरै महिनादेखि योजना बनाएको प्रष्ट भएको छ,उनले थपे ।

फेयरफक्स मिडियाले गरेको अध्ययन प्रतिवेदनमा ती महिलाले आफू पहिले कार्यरत फार्मलाई बद्नाम बनाइ आर्थिक क्षति पुर्याउने नियतले यस्तो कार्य गरेको पाइएको उल्लेख छ ।
स्ट्रबेरी खाएपछि पेट दुखेको भन्दै अस्पताल पुगेका क्वीन्सल्याण्डका एकजना व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने क्रममा स्ट्रबेरीमा सियो लुकाइएको पहिलो घट्ना सार्वजनिक भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments