मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुले आफ्नो जातिगत तथा सांस्कृतिक विविधता र सुन्दरतालाई लिएर भित्रिरहेका छन् । यसैमध्येको एक हो, मधेसी समुदाय ।

मधेसी समुदायको सबैभन्दा ठूलो पर्व छठ अष्ट्रेलियाली नेपालीहरुले पनि केही वर्ष यता निकै धुमधामका साथ मनाइदै आएको छ । विशेष गरी सूर्यको पूजा गरिने छठ पर्वको अवसरमा यस वर्ष पनि अष्ट्रेलियाको भिक्टोरियामा विशेष छठ पूजाको आयोजना गरिने भएको छ । छठको मूख्य दिन भोलि मंगलवार र बुधवार दुई दिन आयोजना गरिने छठ पूजाको आयोजना मधेसी समुदाय भिक्टोरियाले गर्न लागेको हो । छठ पूजा सम्पूर्ण तयारी पूरा भएको आयोजक एमसीभीका अध्यक्ष डा सुरेन्द्र रौनियरले हिमालयन कङ्गारुलाई बताए ।

छठ पूजा सेलेब्रेशन इन मेलबर्न नाम दिइएको कार्यक्रममा प्रमुख आकर्षणका रुपमा सामूहिक प्रार्थना र प्रसाद ग्रहण,म्यूजिकल सेसन,सांस्कृतिक प्रदर्शनी,फोटो सेसन र किड्स फन लगायत रहेको छ ।

मंगलवारको कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ । अन्तरक्रिया कार्यक्रममा बहुसांस्कृतिक मन्त्री रविन स्कट,भिक्टोरियाकालागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन,भिक्टोरियन ग्रिनका संसदीय नेता डा सामन्थ रत्नम लगायतले सहभागीता जनाउने कार्यक्रम रहेको छ ।

यस पटक छठ पूजाको संयोजन पहिलोपटक महिलाले गरेकी छिन् । श्रीमती रिना देव संयोजक रहेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments