काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका चारवटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । मुद्दा विचाराधीन भएकै कारण एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन गरेर भए पनि कर असुल्ने तयारी अवरुद्ध भएको छ ।

एनसेलविरुद्ध महालेखा परीक्षकको कार्यालयले बेरुजुको मुद्दा छ । मुद्दामा एनसेलले नै फेरि रिट दायर गरेको छ । अन्य राजश्वसम्बन्धी मुद्दाहरु पनि सर्वोच्चमा विचाराधीन छन् । एनसेलले रेडियो फ्रिक्वेन्सीको दस्तुरसमेत नबुझाएको भन्दै बेरुजु छ । दूरसञ्चार नियमावली अनुसार, वार्षिक आम्दानीको ४ प्रतिशत रकम रोयल्टी बुझाउनु पर्छ तर एनसेलले १ करोड ५८ लाख ७३ हजार ४ सय ५० रुपैयाँ मात्र बुझाएको र कम आम्दानी देखाएको महालेखाको ठहर छ ।

स्वीडिस कम्पनी टेलियासोनेराले २०७२ मा १ खर्ब ४४ अर्ब रुपैयाँको सबै शेयर आजियाटा कम्पनीलाई बिक्री गरेको थियो । कम्पनी बिक्रीपछि लाभकर विवाद छ । सरकारले लाभकर असुल्ने प्रक्रिया अघि बढाउँदा सर्वोच्चमा परेका मुद्दाका कारण समस्या परेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments