एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र अभिनेता तथा संगीतकर्मी निक जोनसको विवाहको मिति नजिकिँदै जाँदा तयारी पनि तीव्र भएको छ । बलिउडपछि हलिउडमा पनि स्थापित भएकी अभिनेत्री प्रियंका र हलिउड अभिनेता तथा संगीतकर्मी निक जोनसबिच आउँदो महिना विवाह हुँदैछ ।

विवाहमा सहभागी हुने कुराले प्रियंकाकी बहिनी तथा अभिनेत्री परिनीति चोपडा निकै उत्साहित छन् । उनले विवाहमा बेहुलाको जुत्ता लुकाए बापत पाँच मिलियन अर्थात ५० लाख अमेरिकी डलर माग गर्ने योजना बनाएको खबर आएको छ ।

गल्फ न्युजका अनुसार परिनीतिले विवाहका बेला वैवाहिक संस्कार अन्तर्गत पर्ने बेहुलीका बहिनीले बेलुहाको जुत्ता लुकाउने चलन छ ।

आफूले निकको जुत्ता लुकाउने र जुत्ता फिर्ता लिनका लागि निकले ५० लाख अमेरिकी डलर तिर्नु पर्ने परिनीतिले बताएको गल्फ न्युजको खबरमा उल्लेख गरिएको छ । परिनीति आम्सटरडममा भएको प्रियंकाको ब्याचलरएट्मा सहभागी भएकी थिइन् ।

Comments

comments