काठमाडौं । नेपाल सम्वत ११३९ मूल समारोह समितिले यो वर्षको औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

नेपाल सम्वत अभियानका अगुवा नेता पद्मरत्न तुलाधरको निधनको शोकमा समितिले यो वर्षको नेपाल सम्वत ११३९ मुल समारोह कार्यक्रम स्थगित गरेको हो ।

तर नयाँ नेपाल सम्वत शुरु भएको खुशीयालीमा विहीवार विहानै काठमाडौं र नेवार बाहुल्यता जिल्लाहरुमा अनौपचारिक शान्ति र्याली निकालिएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको सांस्कृतिक र्याली ललितपुरमा पुगेर समापन भएको थियो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइदै आएको छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

यस्तै, शंखघकर स्वॉख्वा प्रतिष्ठान, ठिमीले नेपाल सम्बत प्रचलनमा उल्लेख्य योगदान पु¥याउने दुई अगुवाहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा लोपोउन्मुख नौथरी बाजा र महाकाली नृत्य प्रस्तुत गरिएको थियो ।

तस्बिर : सुरेन्द्र घोषालको फेसबुकबाट

Comments

comments