एजेन्सी ।  अमेरिकामा भएको मध्यावधिक चुनावमा माथिल्लो तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्र्याटिक पार्टीले नियन्त्रण कायम गरेको छ । मतगणना अन्तिम चरणमा पुग्दा तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले बहुमत ल्याउने देखिएको हो ।

माथिल्लो सदन सिनेटमा भने रिपब्लिकन पार्टीले बहुमत कायम गर्न पुनः सफल भएको छ । तल्लो सदनमा पनि रिपब्लिकन नै अघि रहेकोमा त्यसलाई उल्ट्याउँदै डेमोक्र्याटिक पार्टीले बहुमत ल्याएको हो ।

तल्लो सदनका ४३५ सिटका लागि भएको मतदानमा डेकोक्र्याटिक पार्टीले बहुमतका लागि चाहिने २१८ सिटमा जित दर्ता गरिसकेको छ ।

माथिल्लो सदनमा पनि नियन्त्रण कायम गर्ने अपेक्षा गरिएकोमा महत्वपूर्ण सिट गुमाएपछि रिपब्लिकन अघि लागेको हो । सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट जितिसकेको छ ।

तल्लो सदनमा भने डेमोक्र्याटिक पार्टी ८ वर्षपछि पुनः आफ्नो पकड कायम गर्न सफल भएको हो । डेमोक्र्याटिक पार्टीकी नेतृ न्यान्सी पेलोसी तल्लो सदनको सभामुख बन्ने पक्का छ ।

यसको अर्थ अमेकाको तल्लो सदनको इतिहासमा उनी पहिलो महिला सभामुख बनेकी थिइन् र फेरि सभामुख बन्ने भएकी हुन् । उनी सन् २००७ मा तल्लो सदनको सभामुख बनेकी थिइन् र सन् २०११ सम्म पदमा रहेकी थिइन् । फेरि उनी सभामुख बन्दै छिन् ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावपछिको भएको पहिलो चुनावमा डेमोक्र्याटिक पार्टीले राम्रो प्रदर्शन गरेको हो । यो चुनावमा महिला प्रतिनिधिहरु बढी विजयी भएका छन् ।

Comments

comments