काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा नेता विजयकुमार गच्छादारलाई मनोनयन गरिएको छ ।

मंगलवार बसेको केन्द्रीय कार्य समिति वैठकले नेता गच्छदारलाई पार्टी उपसभापतिमा चयन गरेको हो । सभापति शेरबहादुर देउवाको प्रस्तावमा गच्छदारलाई उपसभापति बनाइएको हो।

वैठकले महासमिति बैठक सर्ने निर्णय पनि गरेको छ । मंसिर ५ देखि ९ गतेसम्म गर्ने तय भएको महासमिति बैठक चाडपर्वको कारण देखाउँदै सारिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार महासमिति बैठक आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी, केन्द्रीय समितिको बैठकले भरतपुर क्यान्सर अस्पतालको जमीन निजी प्रयोजनका लागि नदिन सरकारको ध्यानाकर्षण गराएको छ।

Comments

comments