एजेन्सी । प्रहरीले नक्कली सुन बेच्न हिँडेका तीनजनाई भक्तपुरबाट पक्राउ गरेको छ ।

३५ लाख रुपैयाँमा एक किलो सुन भन्दै नक्कली सुन बेच्नका लागि ठगहरु सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ ताथलीबाट तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धादिङ गजुरी नगरपालिका १ घर भई हाल सातदोबाटो ललितपुर बस्ने २४ वर्षका राजेन्द्र तामाङ, सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका ३ घर भई हाल मातातिर्थ काठमाडौँ बस्ने ३५ वर्षका राजु लामा र काभ्रे रोशी गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने ३६ वर्षका रामकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट सुन जस्तै देखिने धातुको एकथान बिस्कुट बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

Comments

comments